अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

  • अर्थ सन्जाल
  • ३ बैशाख २०८०, आईतवार ०९:००


काठमाडौँ । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् ।

राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन्। नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट)को मान्यता नदिँदा समस्या भएको हो। सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्स र फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्नेबारे प्रश्न उब्जाएको छ।

भारत सरकारले नेपालीको आधिकारिक पहिचान पत्रका रूपमा नागरिकता र राहदानीलाई मात्रै मान्यता दिँदै आएको भन्दै उहाँको परिचयपत्र अस्वीकार गरिएको हो। निगमका कर्मचारीले परिचयपत्र अस्वीकार गरेपछि उहाँले नागरिकताको प्रमाणपत्र मगाएर त्यसैका आधारमा आफू उडेर बैङ्लुरु पुगेको बताउनुभयो। अर्यालले नागरिकतामा भएका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले ल्याइएको कार्डलाई सर्वेसर्वा बनाइए पनि ट्राभल डकुमेन्टको मान्यता नदिइएकोमा आश्चर्य लागेको बताए।

“विद्युतीय शासन प्रणाली अवलम्बनमा अग्रणी मानिने वैयक्तिक र जैविक विवरणसहितको स्मार्ट कार्डले नै व्यक्तिको पहिचान एवं सेवा सुविधाको आधार कार्डका रूपमा आधिकारिकता नपाएको” भन्दै उहाँले राष्ट्रिय परिचयपत्रको अवधारणामै प्रश्न उठाए ।

उनले भने , “निर्धारित समयमा भद्रपुर विमानस्थलबाट उडान सेवा नपाएपछि स्थलमार्गबाट दिउँसो १:४५ को उडानबाट भारत जान हतारमा काठमाडौँ विमानस्थल पुगेँ। साथमा राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र र संसदीय परिचयपत्र हुँदा पनि निगमका कर्मचारीले नागरिकता वा पासपोर्टबिना जान नमिल्ने भन्दै रोके।” नागरिकता वा पासपोर्टबिना भारत जान नपाइने नियम आफूलाई थाहा नभएको जनाउँदै उहाँले उक्त जानकारीबारे निगमले कुनै पनि सूचना जारी नगरेको र सर्वसाधारणले कति सास्ती भोग्लान् भन्ने प्रश्न गर्नुभयो। सांसद अर्यालले आफूलाई निगमका कर्मचारीले नागरिकता वा राहदानी नबोकी भारत जाँदा त्यहाँको अध्यागमनले एक लाख रुपियाँसम्म जरिवाना तोक्न सक्ने बताएको उहाँले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले राष्ट्रिय परिचयपत्रलाई देशभित्र पहिचान पत्रको आधिकारिकता दिए पनि अन्तर्राष्ट्रियको हकमा भने सरकारले पूर्ण मान्यता लागू गर्न नसकेको बताए ।

उहाँले भन्नुभयो, “विभागले राष्ट्रिय परिचयपत्रको हकमा एक करोड १६ लाख नागरिकलाई दर्ता नम्बर प्रदान गरे पनि एक लाख ३३ हजार नागरिकलाई मात्रै कार्ड वितरण गरेको छ। सबै नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पुगिनसकेकाले सरकारले यसलाई अन्तर्राष्ट्रिय आधिकारिकता नदिएको हुन सक्छ।”

निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता वा राहदानी नै अनिवार्य भएको भन्दै त्यसैअनुसार विमानस्थलमा काम हुने स्पष्ट पारेका छन् । गोरखापत्र दैनिकले छापेको छ।

Artha Sanjal
मिती : ३ बैशाख २०८०, आईतवार ०९:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

डलरको मूल्य घट्यो ,कुन देशको कति ?

शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’

ताजा समाचार

  1. दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा
  2. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  3. डलरको मूल्य घट्यो ,कुन देशको कति ?
  4. शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’
  5. भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड
  6. गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अमेरिकी नागरिकता
  7. करेन्ट चाउचाउले गर्यो वाइवाइ ट्रेडमार्कको नक्कल,कारबाही हुनुपर्ने सिजीको माग

विजनेश फोकस

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.