काठमाडौं महानगरपालिकाले छ दिन बितिसक्दा पनि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन ।
महानगर प्रमुख बालेन्द्र(बालेन) शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबार, राष्ट्रपति निवास तथा प्रधानमन्त्री निवासको फाेहाेर नउठाउने बताएका थिए । उनले १४ वटा विषय उल्लेख गर्दै संघिय सरकारले स्थानीय तहको काममा आफूलाई असहयोग गरेको आरोप लगाउँदै फोहोर नउठाउने चेतावनी दिएका थिए । उनको चेतावनीपछि आजसम्म सिंहहदरबारको फाेहाेर उठेको छैन ।
प्रधानमन्त्री, गृहमन्त्री, शहरी विकास मन्त्रीलगायतले फोहोर उठाउन अनुरोध गरे पनि मेयर बालेनको निर्देशनमा रोकिएको फोहोर उठाउने काम अझै सुरु भएको छैन । यी ठाउँको फोहोर परिवर्तन नेपाल संस्थाले जिम्मा लिएको छ । उक्त संस्थाले पनि महानगरको आदेशबिना फोहोर नउठाने जनाएको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने बताएका छन् । मेयर बालेनको फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने मन्त्रिस्तरिय निर्णय समेत गरेको थियाे ।




