अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एक वर्षमा १ खर्ब १९ अर्ब बेरुजु थपियो, अर्थ मन्त्रालयको सबैभन्दा धेरै

  • अर्थ सन्जाल
  • ३० चैत्र २०७९, बिहीबार १७:४९


एक वर्षमा सरकारको १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु बढेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

योसहित कुल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड ७ लाख रुपैयाँ पुगेको छ । यसमध्ये ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ अद्यावधिक गर्नुपर्ने बेरुजु रहेको छ । त्यस्तै, तत्काल टुंगो लगाउनुपर्ने खालको बेरुजु ३ खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रुपैयाँ छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको छ ।

यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो । यस वर्ष बेरूजु प्रतिशत १.६८ प्रतिशत देखिएको छ । अब कुल बेरूजु रकम ५ अर्ब ८७ अर्ब ३३ करोड पुगेको छ ।

आव २०७७/७८ सम्म ४ खर्ब ८३ अर्ब ५९ करोड बेरूजु रहेको थियो । गत आवमा १५ अर्ब १ करोड रुपैयाँ मात्र बेरूजु फस्र्यौट तथा सम्परीक्षण भएको थियो ।

अर्थ मन्त्रालयको बेरूजु सबैभन्दा धेरै

संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो ।

दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ ।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृह मन्त्रालयको १ खर्ब ५७ करोड रुपैयाँ छ ।

भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिञ्चाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।

अन्य मन्त्रालय र संघीय निकायको एक वर्षमा ५ अर्ब ६३ करोड बेरुजु थप भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

Artha Sanjal
मिती : ३० चैत्र २०७९, बिहीबार १७:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

श्रम स्वीकृति अब स्थानीय तहबाटै

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह

ताजा समाचार

  1. सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
  2. रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
  3. श्रम स्वीकृति अब स्थानीय तहबाटै
  4. लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह
  5. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  6. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख
  7. सरकारी जागिर २४ वर्ष : ४ करोडभन्दा बढी गैरकानुनी आम्दानी

विजनेश फोकस

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएम...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.