

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न सरकारलाई चुनौती दिएका छन् । केहीसमय अघि सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर नउठाउने अडान लिएपछि उनीप्रति सरकार आक्रोशित छ ।
तर उनले पुनः फेसबुकमा अर्को स्टाटस लेख्दै सिंहदरबार नै सार्न चुनौती दिएका हुन् । ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’, उनले भनेका छन् ।
मेयर बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने बताएका छन् । ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’
Artha Sanjal

अर्थ सन्जाल