नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । दोस्रो चरणको निर्वाचनमा अर्का उमेदवार उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेपछि उनी महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

निर्वाचन समितिमा उमेशलालले अञ्जनलाई छाड्न सहमति दिएको पत्र दिएका थिए । पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।
तर उमेशलाल पछि हटेसँगै अन्जनले वरिष्ठ उपाध्यक्षमा बाजी मारेका हुन् । त्यससँगै उमेशलालले जञ्जनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि दिएका छन् ।









