सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग

सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो ।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । उक्त माग सम्बोधन गर्न सरकारीले टोली सकारात्मक नभएपछि वार्ता भंग भएको हो । उनीहरु २० चैतदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

यसअघि बिहीबार संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेका थिए । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *