सेयर बजारमा करेक्सन, १३ वटै सूचक राताम्मे

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार भारी अंकले बढेको सेयर बजारमा बिहीबार करेक्सन देखिएको छ ।

आज नेप्से २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७२ अंकले घटेर ३६७.९८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँमा कारोबार भएको छ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको सेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । त्यसैगरी कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *