अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

‘लघुवित्तलाई नियमन गर्न लघुवित्त ऐन आवश्यक’

  • अर्थ सन्जाल
  • २९ चैत्र २०७९, बुधबार १७:२२


लघुवित्त वित्तीय संस्थाविरूद्व भइरहेका अराजक गतिविधिले प्रणालीमै चुनौती ल्याउने भन्दै यसलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मिडिया इन्टरनेशनले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ शृंखला अन्तर्गत ‘लघुवित्तका समस्या र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै यस क्षेत्र सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेकी वरिष्ठ नेतृ तथा सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्यपक्षबाट गर्न सकिने पहलहरू गर्न आफूले तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

संस्थाहरू बच्नुपर्ने र गरिब विपन्नको अवस्थामा हिजोको भन्दा धेरै सुधार आएको उनले बताइन । तर अहिले ऋणीको अवस्था नहेर्दा र संस्थाको व्यवसायमा राष्ट्र बैंक उदार हुँदा अलि समस्या आएको उनको भनाइ थियो ।

No description available.

उनले लघुवित्तका लागि छुट्टै नियमनकारी निकाय पनि आवश्यक रहेको उनले बताइन् । उच्च ब्याजदरले अनुत्पादक क्षेत्रमा जाने लगानी रोके पनि उद्योगी र उद्यम गर्नेहरूका लागि सहज नभएको उनको भनाइ छ । आन्दोलनमा सहभागी भएर ऋण मिनाहा हुन्छ भन्ने सोचाइमा नरहन उनले आग्रह गरिन् ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तलाई नियमन गर्न लघुवित्त ऐन चाहिने बताएका छन्  ।

मिडिया इन्टरनेसनलद्वारा मंगलबार आयोजित ‘संकटमा अर्थतन्त्र, बहसमा निकाश’ कार्यक्रम लघुवित्त बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अन्तर्गत नभई छुट्टै लघुवित्त ऐन बनाइ नियमन गर्नुपर्ने बताएका हुन् ।

राष्ट्र बैंकले लघुवित्तले लाइसेन्स दिइसकेपछि स्पेसलाइज गर्न पाउनु पर्ने उनले बताए । कर्जा उत्पादनका लागि हो कि अन्य प्रयोजनका लागि हो भन्ने महत्त्वपूर्ण रहेको उनले बताए ।

उनले अहिले अर्थतन्त्रमा समस्या देखिएकोले लघुवित्त संस्थाहरु संकटमा पुगेको प्रष्ट्याए । लघुवित्तलाई जोगाउन लचिलो नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त र सहकारीमा घनिभूत राजनीति हाबी भएको बताए ।  उनले सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको बताए ।

अब नयाँ लघुवित्त नीती आउने उनले बताए । लराष्ट्र बैंकले लिएको मर्जर नीति नियमन र निरीक्षण गर्न नसकेर नभएर संस्थाको वित्तीय अवस्था बलियो बनाउन भएको उनले स्पष्ट पारे । सर्कूलर र रिस्टक्चर र रिसेड्युलको विषयमा पनि छलफल गर्न तयार रहेको उनले बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकमा पैसा राखेर ब्याज खाने प्रवृत्ति हटाउनु पर्ने बताए । उनले १० प्रतिशतभन्दा बढी ब्याज लगाउनै महुने बताए ।

त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत बिमला योगीले समस्या देखियो भन्दैमा लघुवित्तलाई मार्न नहुने बताइन् ।

उनले लघुवित्तप्रतिको आत्मविश्वास धर्मराएको बेला नियमनकारी निकायको भूमिका महत्वपूर्ण रहने बताइन् । उनले भनिन्, अहिले लघुवित्तको प्रतिको आत्मविश्वास धमिलिएको छ । साना लघुवित्तलाई जोगाउनतर्फ नियमनकारी निकायले भूमिका खेलोस् ।’

No description available.

लघुवित्तलाई सिध्याउनेहरु हाबी हुँदा पनि राज्य र  नियमनकारी निकायले भने शत्रुको जस्तो व्यवहार गरेको  उनको आरोप छ ।

डिप्रोक्स लघुवित्तका सीईओ शेष रमण आचार्यले अहिले लघुवित्त विरुद्धका गतिविधिमा सरकारले सुरक्षाको व्यवस्था गर्न नसकेको गुनासो गरे  ।

लघुवित्तविरुद्ध सरकारमै बस्नेले समेत विरोध गरेको उनले बताए । अहिले पनि लघुवित्त सम्बन्धि नीति नियम नबन्दा अस्पष्ट भएको र सेवा शुल्कको विषयमा अलमल रहेको उनले बताए ।

फस्ट माइक्रोफाइनान्सका सीईओ नुमानाथ पौडेलले राष्ट्र बैंकले नियमन गर्न नसकेको बताए । उनले राष्ट्र बैंकले नियमन गर्न नसकेरएउटा व्यक्तिले एउटा संस्थाबाट मात्र ऋण लिनु पर्ने व्यवस्था गरेको आरोप लगाए  । वित्तीय संस्थाविरूद्व भइरहेका गतिविधिले मिटर ब्याजिले चलाएको कर्जा उनीहरूले मिनाहा गर्न चाहेको उनले बताए ।

अभियान लघुवित्तका सीईओ रोशनकुमार अधिकारीले लघुवित्तको विषय अहिले बहसमा आएकाले समस्या समाधानको अवसर भएको बताए ।

संस्थामा राखेको पैसा सर्वसाधारणकै भएकाले तिर्दिन भन्ने, कसैले नतिर भन्ने नहुने उनले बताए । लघुवित्त विरूद्व उत्रिने र ऋण तिर्दिन भन्नेको पहिचान गर्नु आवश्यक रहेको उनको धारणा छ ।

Artha Sanjal
मिती : २९ चैत्र २०७९, बुधबार १७:२२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.