सिटिजन्स बैंक धारापानी शाखाद्वारा शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंक इन्टरनेसनलले नवलपुरको श्री मनकामना आधारभूत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ। बैंको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले बैंकको १६औं वार्षिकोत्सवलाई मध्यनजर विद्यालयको वार्षिक दिवसका अवसरमा उनीहरुलाई सहयोग गरेको हो।

कार्यक्रममा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नका लागि शैक्षिक सामग्री वितरण प्रभावकारी कदम भएको बैंकले जनाएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन कार्यक्रम गर्ने योजना रहेको जनाएको छ। सिटिजन्स बैंकले देशभरका १८२ शाखा, १३९ एटिएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *