सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा आएन सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ ।

आज नेप्से परिसूचक सोमबार ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८८ अंकले बढेर ३४९.६६ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको कारोबार भएको छ।

कुल १२ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने १ उपसमूहको सेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये १३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ पुगेको छ । त्यसैगरी, कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७७.१० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *