एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जब्बोर कायुमोभ नियुक्त भएका छन् । निजी क्षेत्रको ठूलो मोबाइल सेवाप्रदायक एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएका हुन् ।
यसअघिका सीइओ एन्डी चोङलाई आजियाटामै फिर्ता बोलाएर नयाँ सीईओ नियुक्त गरिएको हो ।चोङलाई आजियाटा समूहले सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओमा नियुक्त गरेको थियो । हाल नियुक्त भएका सीईओ कायुमोभ सन् २०१३ देखि २०१६ सम्म स्मार्ट टेलिकममा सीइओको रुपमा कार्यरत थिए ।
Artha Sanjal






