लगातारको धम्कीपछि सलमान खानले ठूलो कदम चालेका छन् । उनले निसान पेट्रोल एसयूभी आफ्नो फ्लीटमा थपेका हुन् । हालसम्म यो गाडी भारतीय बजारमा लन्च भएको छैन । यसलाई दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो एसयूभी मानिन्छ।
बलिउड सुपरस्टार सलमान खानलाई लगातार धम्की आउने गरेको छ । हालै, अभिनेतालाई मार्ने धम्कीको इमेल प्राप्त भयो । त्यसपछि मुम्बई प्रहरीले अभिनेताको सुरक्षा बढाएको थियो । लगातार आइरहेको धम्कीलाई बेवास्ता गर्दै दबंग खानले ठूलो निर्णय लिएका हुन् । उनले नयाँ बुलेटप्रुफ गाडी किनेका छन् ।







