सिटिजन लाइफले शुरु गर्यो बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलले यस अभियानको उद्घाटन गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ । यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो । मानिसले जे चीज बढी कल्पना गर्दछ प्राय त्यही चीज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतिपूर्ण समयमा चुनौती प्रती मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उधेश्य लिएर त्यस प्रती बढी केन्द्रीत रहदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ ।

जीवनको अफ्ट्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ । त्यसैले, बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउँने उधेश्यका साथ यस आर्र्थीक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्दृत रहेको कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *