शुक्रबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएकाे  छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *