यस्ता छन् गठबन्धन सरकारका नौ प्राथमिकताहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृतवको सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

१० दलीय गठबन्धनले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच आफ्नो प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । संयुक्त सरकारले ९ बुँदामा आफ्नो प्राथमिकताहरुलाई समेटेको छ ।

१. संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जनर विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने ।

२. देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।

३. समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने ।

४. गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने ।

५. शान्ति प्रकृयालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।

६. उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।

७. खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने ।

८. जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने ।

९. राष्ट्रिय हितको रक्षा एबम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *