पछिल्लो २४ घण्टामा देशभर ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ हजार ४०२ नमूना परीक्षण गरिएकामा ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ जना पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् । यस्तै २७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।







