सुनको भाउ तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *