प्रधानमन्त्री, मन्त्रीको नाम कतै देख्न नपाए हुन्थ्यो जस्तो लागेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिनाजति अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए ।

 तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको थापाले बताए । ‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने हो ।’ ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’

थापाले अल्पकालीन र दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताए । उनले अप्ठेरो अवस्थामा भएकोले राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूले पनि सचिवालय खर्चलगायत कटौती गर्नुपर्ने बताए । ‘तर पूँजीगत खर्च भने सुधार गर्नुपर्छ,’ उनले भने । नेपालको आर्थिक स्थिति बिग्रँनुमा सबै जिम्मेवार रहेको र सबै मिलेर हल खोज्नुपर्ने उनले बताए ।

‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गरेर जानुपर्छ। प्रदेश र स्थानीय सरकारमा एमाले पनि छ,’ उनले भने, ‘सबै मिलेर काम गर्नुपर्नेछ । सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपुरकजस्तो हुनुपर्छ ।’ उनले भने,

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *