डाटा दुरुपयोगको आरोपमा बेलायतद्वारा टिकटकलाई दुई अर्ब जरिवाना

बालबालिकाको गोपनीयताको रक्षा गर्न नसकेको भन्दै बेलायतले टिकटकलाई एक करोड २७ लाख पाउन्ड स्टर्लिङ (करिब दुई अर्ब बढी नेपाली रुपैयाँ) बराबरको जरिवाना तिराएको छ । बेलायती सूचना आयुक्तको कार्यालय (आईसीओ)ले आफ्नो अनुसन्धानमा टिकटकले डाटा सुरक्षा कानुनको उल्लंघन गरेको पाइएको बताउँदै जरिवना तोकेको हो ।

२०१८ को मे र २०२० को जुलाईका बिचमा कानुनको उल्लंघन भएको बताइएको छ । बेलायतका १३ वर्ष मुनिका करिब १३ लाख बालबालिकालाई टिकटक चलाउन दिएको आईसीओको अनुमान छ । जुन बालबालिकाहरूलाई खाता खोल्न नदिने टिकटक आफ्नै नीतिको उल्लंघनसमेत हो ।

बेलायतको डाटा संरक्षण कानुनले १३ वर्ष मुनिका बालबालिकाहरूलाई कुनै सूचना प्रदान गर्न विवरण लिँदा अभिभावकको सहमति लिनुपर्ने व्यवस्था गरेको छ । यसबारे बोल्दै बेलायतका सूचना आयुक्त जोन एडवर्ड्सले बेलायती बच्चाहरू भौतिक संसारमा जस्तै डिजिटल संसारमा पनि सुरक्षित छन् भनी सुनिश्चित गर्नका लागि कानुनहरू रहेका बताउँदै टिकटकले ती कानुनहरूको पालना नगरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *