नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलवार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से ६.४५ अंकले घटेर १८६५.४२ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.७० अंकले घटेर ३५२.०० बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६४ कम्पनीको २९ लाख ५० हजार ६७० कित्ता सेयर किनबेच भएको छ । यसदिन ९१ करोड १३ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ।
कुल ८ वटा उपसमूहको सेयर मूल्यमा घटेको छ भने ५ उपसमूहको सेयरको मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५७.८० रुपैयाँ पुगेको छ । केहि दिन यता यस कम्पनीको सेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।
नेप्सेका अनुसार ८.५ तिशत प्रभु बैंप्रक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ९.२९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।







