ए डिभिजन लिगमा आज दुई खेल हुदै

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेलहरु भइरहेका छन् । लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र  सातदोबाटो युथ क्लबबीच खेल हुने छ । त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *