कृषि औजारसहित मिटरब्याजपीडित सडकमा

काठमाडौं । काठमाडौंमा मिटरब्याज पीडितको अर्को समुहले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो ।

मिटरब्याजी विरुद्ध प्रदर्शन गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्ने , मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।

सरकारले भने आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । उनीहरुले यस अघि पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।चैत १३मा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँचबुँदे सहमति गरेको भए पनि अर्काे समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो ।

सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको छ । गत शनिबार सरकारले पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएसंगै सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *