नेप्सेमा दोहोरो अंकको गिरावट, १२ वटा सूचक राताम्मे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज  दोहोरो अंकले घटेको छ । आज नेप्से १६.६७ अंकले घटेर १८७१.८८ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०३ अंकले घटेर ३५२.७१ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९२ करोड २ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छ।

कुल १२ वटा उपसमूहको सेयर मूल्यमा राताम्मे भएको छ भने १ उपसमूहको सेयरको मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १० वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *