सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा डाकेकाे छ । लघुवित्तले ११औं साधारण सभा वैशाख ३० गते बस्नेगरी डाकेकाे हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर पारित गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८.७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आव २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले वैशाख १४ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । वैशाख १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।




