

वैशाख १८ देखि चीनसँगको थप दुई व्यापारिक नाका पूर्ण रुपमा संचालनमा आउने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा तातोपानी र हिल्सा नाका पनि खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा।नारायणप्रसाद रेग्मीले बताए ।
नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशखबाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ । चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको छ ।

अर्थ सन्जाल