नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २०.०० अंकले घटेर १८८८.५५ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.७२ अंकले घटेर ३५५.७५ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ।
कुल १३ वटै उपसमूहको सेयर मूल्यमा राताम्मे भएका छन्। आज कारोबार भएका कम्पनीमध्ये २३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ४ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ३ करोड ७३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४५ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ, सुपर माई हाइड्रोपावरको २ करोड ३२ लाख रुपैयाँ, अपर तामाकोशीको १ करोड ९६ लाख रुपैयाँ र कुमारी बैंकको संस्थापक सेयरको १ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।




