

साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलमा २५ रुपैयाँले १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल