आइएमई लाइफले भदौमा भुक्तानी गर्‍यो ३ करोड २४ लाख रुपैयाँ दाबी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनामा १११ वटा बीमा दाबीबापत ३ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।

भदौको कुल दाबी भुक्तानीमा म्यादी बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १०१ वटा दाबीको १ करोड ८९ लाख २९ हजार ५८१ रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी परम्परागत बीमाको ७ वटा दाबीको कम्पनीले १ करोड १३ लाख ४० हजार ५४४ रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनी वैदेशीक रोजगारको ४ वटा दाबीको २१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *