खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन ।
बिहीबार भएको निर्वाचनमा आचार्यले ३ सय ३४ तथा १ सय ३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल ६ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भएका छन् ।




