प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई प्रधानमन्त्रीले छिटो भेट्नुपर्ने बताएका छन् । मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न उनले आग्रह समेत गरे ।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताएका हुन् ।

उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा समेत जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *