नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापवाला सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।




