पहिला भएका सम्पत्ति जोगाऊँ,अनि लिपुलेक र लिम्पयाधुरा जोगाउँला : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (साह )बालेन ले पहिला भएका सम्पत्ति र सभ्यताको संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ,‘पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिन्छ।’ उनले भनेका छन्, ‘हामी बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

सम्मेलनमा मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिँदै यस पटकको सरकार केही समयलाई टिकाइदिन आग्रह गरेका छन् । मेयर शाहले स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताएका थिए ।

उनले न्यायिक समितिका अध्यक्षसमेत रहेका उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिने वातावरण बनाउन आग्रह गरेका छन् । साहले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउन पनि सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *