कृषि विकास बैंकको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा मंगलवार सम्पन्न भएको हो।
सभाले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ।
सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण समूहका तर्फबाट तीनजना सञ्चालक समेत निर्वाचन भएका छन् । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ ।




