नेप्सेमा थपियो ४ कम्पनीको साढे ६७ लाख बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार कम्पनीकाे साढे ६७ लाख बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा साधना लघुवित्त, आरएसडीसी लघुवित्त, अपी पावर र नेको इन्स्योरेन्सको कुल ६७ लाख ६२ हजार ९५७.२४ कित्ता बोनस सेयर थपिएको छ। जसमा साधना लघुवित्तको ६ लाख १० हजार ३२८.४५ कित्ता, आरएसडीसी लघुवित्तको ६ लाख ४४ हजार १२४.५९ कित्ता, अपी पावरको २८ लाख ८३ हजार ६८६ कित्ता र नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता छन्।

यी कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन्।

गत आर्थिक वर्षका लागि साधना लघुवित्तले १९ प्रतिशत, आरएसडीसी लघुवित्तले ८ प्रतिशत, अपी पावरको ७.५ प्रतिशत र नेको इन्स्योरेन्स १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *