कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ कालोसूचीबाट हटेको छ । सिन्धु विकास बैंकको चेक बाउन्सको कारण कालोसूचीमा परेको कान्तिपुर सेभिङले सो विषय संशोधन गरेसँगै कालोसूचीबाट हटाएको कर्जा सूचना केन्द्रले जनाएको छ ।
दुई पक्ष बीच आपसी समझदारी भएपछि कालोसूचीमा राख्न निवेदन दिएको व्यक्तिले नै कालोसूचीबाट हटाउन आग्रह गरेपछि संस्थालाई कालोसूचीबाट हटाइएको केन्द्रले जनाएको छ ।
केन्द्रले गत फागुन ५ गते कालोसूचीमा राखेको थियो । काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले गत भदौदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि समस्यामा परेको थियो । यसरी समस्यामा परेसँगै पीडितहरुको आग्रहमा केन्द्रले कालोसूचीमा समेत राखेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल