नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिसमा परेका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।
सन्दिप भण्डारी बढुवा सिफारिसको पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा सुदिप गिरी छन् ।





