

सिद्धार्थ बैंक लिमिटेडले लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भईसकेपछि शेयरधनीहरुको खाता (डिम्याट) मा पठाउन सुरु गरेको हो ।
बैंकले साधारण सभा प्रयोजनका लागि बुक्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा चैत ६ गतेदेखि लाभांश जम्मा गर्न सुरु गरेको हो ।
Artha Sanjal

अर्थ सन्जाल