कृषि विकास बैंकद्धारा दोलखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थित श्री सरस्वती सामुदायिक विद्यालयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदीप भक्त आचार्यसमेतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको होे।

यो कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अन्य सम्पूर्ण सहभागीमा वित्तीय ज्ञान प्राप्त गरेको बैंकको विश्वास छ।

कार्यक्रममा बैंकिङ कारोबारका सम्बन्धमा बैंकका उपमहाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *