एसिसी प्रिमियर कप : खेल तालिका सार्वजनिक

एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्ने भएको छ । वैशाख ५ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् । कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *