एनआईसी एशियाका सीईओ न्यौपानेविरुद्ध उजुरी

एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले सरकारी जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ (साविक वडा नम्बर ८) चपली भद्रकालीस्थित सरकारी जग्गा अतिक्रमण गरेर सीईओ न्यौपानेले निजी संरचना निर्माण गरेको भन्दै चैत्र १ गते बुधबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले  जानकारी दिएका छन् ।

न्यौपाने बिरुद्धको परेको  उजुरीकर्ताको नाम भने गोप्य राखिएको स्रोतले बताएको छ। उजुरीमा उक्त सरकारी जग्गामा बनेका संरचना हटाई आवश्यक कारबाही गर्नसमेत माग गरिएको छ ।

सीईओ न्यौपानेसँगै उनका आफन्त, नेपाल एयरलाईन्सका पाइलट भावना पन्त, जनप्रतिनिधि तथा स्थानीयलेसमेत चपली भद्रकालीको कित्ता नम्बर १५ को सरकारी जग्गा अतिक्रमण गरेर निजी स्वार्थको लागि प्रयोग गरेको मालपोत कार्यालय चावहिलको श्रेस्तामा स्पष्ट देखिएको उजुरीकर्ताको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *