काठमाडौँ। सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार आज (बिहीबार)बाट सुरु गर्ने भएका छन् ।
दुई कम्पनीबीच मर्जर सम्पन्न भएकापछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको प्रधान कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहने छ ।
गत फागुन १८ गते सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले मर्जर सम्बन्धी स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरू नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।
यसअघि रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।






