वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजनाको शुभारम्भ

सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेट्ने गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । काठमाडौंमा आज (बुधबार) आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो योजनाको शुभारम्भ गरेका छन् ।

सामाजिक सुरक्षा योजनामा विदेशबाटै अनलाइनमाध्यमबाट सहभागिताका लागि आवेदन दिन सकिन्छ । कोषका निर्देशक डा. रोशन कोजुले वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिने जानकारी दिए ।

सामाजिक सुरक्षा योजनामा सामेल हुनेले मासिक २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको पनि निर्देशक कोजुले बताए ।

यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।

ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ भने यो चौबिसै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *