नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेडको सेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको सेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा रहि बिहीबार देखि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको सेयरलाई नेप्सेले एएचएल कारोबार संकेत प्रदान गरेको छ ।




