उदयपुरको कटारी नगरपालिकाले सम्पर्कबिहीन भएका सहकारी संस्थाहरुलाई सम्पर्कमा आउने ३५ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै २४ सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको हो ।
सहकारी हालसम्म पनि सम्पर्कमा नआएको, नगरपालिकाले विगतका वर्षहरूमा माग गरेको विवरणहरू उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाहरूको कार्यालयमा सम्पर्क र ताकेता गर्दा पनि संस्थाहरूले कुनै पनि तत्परता नदेखाएको भन्दै सम्पर्कमा आउने ३५ दिने सूचना जारी गरेको हो ।
यस्तै, केही संस्थाहरूसँग सम्पर्क स्थापित गर्न नसकिएको र कानूनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने भनी निर्दिष्ट गरेको कुनै पनि किसिमका विवरणहरू उपलब्ध नगराएको भन्दै सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
कटारी नगरपालिकाको क्षेत्राधिकारभित्र ५४ सहकारी संस्था रहेको छन् ।
यी हुन् सम्पर्कबिहीन सहकारी
त्रिवेणी उपभोक्ता सहकारी संस्था लिमिटेड
जय भगवती बचत तथा ऋण सहकारी संस्था लिमिडेड
सयपत्री उपभोक्ता सहकारी संस्था लिमिटड
कमलामाई बचत तथा ऋण सहकारी संस्था लिमिटिड
कटारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
डिवार कृषि सहकारी संस्था लिमिटेड
दलित एकता कृषि सहकारी संस्था लिमिटेड
हिमाल कृषि सहकारी संस्था लिमिटड
रिस्कु कृषि सहकारी संस्था लिमिटेड – उदयपुर ६
चुलिथाम कृषि सहकारी संस्था लिमिटेड
जागेश्वर कृषि सहकारी संस्था लिमिटेड
ककनी महादेव उपभोक्ता सहकारी संस्था लिमिटेड
रिस्कु उपभोक्ता सहकारी संस्था लिमिटेड – उदयपुर ७
अग्रगामी कृषि सहकारी संस्था लिमिटेड
आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
किसान कृषि सहकारी संस्था लिमिटेड
जन कल्याण स्वालम्वन बचत तथा ऋण सहकारी संस्था
न्यू त्रिवेणी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
साझा सहकारी संस्था लिमिटेड – उदयपुर १४
साझा सहकारी संस्था लिमिटेड – उदयपुर ८
साझा सहकारी संस्था लिमिटेड – उदयपुर १०
साझा सहकारी संस्था लिमिटेड – उदयपुर ११
हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
कुमारी बचत तथा ऋण सहकारी सस्था लिमिटेड






