सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गतेबाट एकीकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । यी दुई कम्पनीले मर्जरपश्चात आगामी चैत ९ गते बिहीबारदेखि जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन गर्ने भएका हुन् ।
मर्जरपश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार सुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, कामनपा वडा न. १०, नयाँ बानेश्वरमा रहने छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।
बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई (१:१) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । हाल सानिमाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।




