सार्वजनिक विदाको दिन पनि कृषि विकास बैंकको यी शाखा खुला

कृषि विकास बैंकले सार्वजनिक विदाको दिन पनि विभिन्न विभाग तथा शाखाहरु खुला राखेको छ ।

आज घोडेजात्रको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ बैंकले भने बिदाको दिन पनि विभिन्न शाखाहरु खुला गरेको हो ।

बैंकको मुख्य कार्यालयको कर्पोरेट बैंकिङ, सञ्चालन तथा बजार व्यवस्थापन, ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ, कर्जा प्रशासन र सूचना प्रविधि विभाग खुला रहनेछ ।

त्यसैगरी, बागमती प्रदेश कार्यालय काठमाडौंअन्तर्गत बैंकको लगनखेल, पुल्चोक, दुधपाटी, गठ्ठाघर, महाराजगंज, कलंकी, थानकोट र नयाँ बानेश्वर शाखा खुला राखेको छ ।

No description available.

राष्ट्र बैंकले उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

राष्ट्र बैंकले उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *