प्रधानमन्त्री प्रचण्डले पाए दाेस्राे पटक विश्वासकाे मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तीन महिनामा दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राखेका प्रस्तावको पक्षमा १७२ मत खस्याे ।

यो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत भएकोले उनले विश्वासको मत प्राप्त गर्न सफल भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

गत पुस १० गते ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एमाले, राप्रपाले समर्थन फिर्ता लिएपछि सोमबार पुनः विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *