सिटी होटल लिमिटेडले साधारण सेयर (आइपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ ।
स्वीकृतपश्चात् अब कम्पनीले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।







