नेप्सेमा ६० लाख बढी कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई विकास बैंकको ६० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको कुल ६० लाख १४ हजार २९.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
शाइन रेसुंगाको ५० लाख २८ हजार ७४१.९९ कित्ता र लुम्बिनीको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर छन्।

गत आर्थिक वर्षका लागि शाइन रेसुंगाले १३.३ प्रतिशत र लुम्बिनीले ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस नेप्सेमा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *