सेयर बजारमा हरियाली, २२.६५ अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक १.१८ प्रतिशतले बढेको छ ।

आज नेप्से २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा उक्लिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.९७ अंकले बढेर ३६६.२३ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त सेयर १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

यस १३ वटै सूचकमा हरियाली छाएको छ । आज व्यापार समुहमा लगानीकर्ता आकर्षित भएका छन् । उक्त समूहमस ४.६६ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार भएकामध्ये १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

युनिक नेपाल लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, न्यादी, नयाँ सारथी, मानुपी लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, नेपाल पुनर्बीमा, मध्य भोटेकोशी, छ्याङ्दी हाईड्रोपावर, अपर तामाकोशी र साल्ट ट्रेडिङको शेयर उकालो लागेको छ।

त्यस्तै, आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको ६ करोड १९ लाख, सिटिजन्स इन्टरनेशनल बैंकको प्रोमोटर शेयरको ५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ३ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *